मथुरामा ट्र्याक्टर दुर्घटनामा सह-चालकको घटनास्थलमै मृत्यु
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । चालक घाइते भएका छन्।लु ४ त ९७१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक पाल्पा छहराका २२ वर्षीय गणेश राजकोटी मगरको घटनास्थलमै मृत्यु भएको हो।चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ का पुन्यप्रसाद थारु घाइते भएको स्थानीय केशव पन्थीले बताएका छन् ।
