SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

दसैं सुरू : हनुमान ढोकाको दसैं घरमा जमरा राखियो

काठमाडौं : यस वर्षको वडा दसैं आइतबारबाट सुरू भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत रुपमा घटस्थापना गरिएको छ । विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ :४७ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढ्याइँ गरिएको थियो ।