SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

फलाखु खोलामा बेलीब्रिज सञ्चालनमा रसुवा र नुवाकोटको यातायात पुनः सहज

रसुवा: रसुवा र नुवाकोट जिल्लालाई जोड्ने फलाखु खोलामा निर्माण गरिएको अस्थायी बेलीब्रिज आइतबार बिहान ११ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।गत २०८३ भदौ १० गते आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ४७ दिनदेखि यस क्षेत्रको यातायात सेवा ठप्प भएको थियो। बेलीब्रिजको निर्माण कार्य सम्पन्न भएसँगै आइतबारदेखि सवारी साधनहरू पुलमाथिबाट आवतजावत गर्न थालेका छन्।पुल सञ्चालनमा आएपछि लामो समयदेखि सास्ती खेप्दै आएका स्थानीय बासिन्दा, यात्रु तथा यातायात व्यवसायीहरूलाई ठूलो राहत मिलेको छ।