‘मन्त्र थकाली’को खानामा साङ्ला र भुसुना भेटिएपछि २ लाख ५० हजार जरिवाना
काठमाडौं : खानामा किरा भेटिएको उजुरीपछि काठमाडौं महाराजगञ्जमा रहेको ‘मन्त्र थकाली’ (ग्रिन तारा हस्पिटालिटी प्रालि) लाई कारबाही गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फोनमार्फत आएको उजुरीका आधारमा विभागको र्यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले ‘मन्त्र थकाली’को आकस्मिक निरीक्षण गरी २ लाख ५० हजार जरिवाना गरेको हो।
