SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

कोशीमा १३ भाषालाई सरकारी कामकाजको मान्यता

विराटनगर : कोशी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था अब मैथिली र लिम्बूमा मात्र सीमित नरहने भएको छ। प्रदेशसभाले प्रदेशभित्र बोलिने १३ वटा मातृभाषालाई सरकारी कामकाजको कानुनी मान्यता दिने विधेयक पारित गरेसँगै भाषिक अधिकारको दायरा फराकिलो बनेको छ।शनिबार बसेको प्रदेशसभा बैठकले ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको हो। यसअघि भाषा आयोगको सिफारिसअनुसार मैथिली र लिम्बू भाषालाई मात्र समेटेर विधेयक अघि बढाइएको थियो।