SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

आकासियो हवाई भाडा, टिकटमा लुटतन्त्र

काठमाडौं : अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा राजमार्गहरू क्षतिग्रस्त बनेपछि दसैं मनाउन घर फर्किने यात्रुहरूले सास्ती बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग र काठमाडौं–चितवन सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्णरूपमा अस्तव्यस्त बनेको छ।राजमार्ग बन्द भएपछि गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमै रोकिएका छन्।