सडक मर्मतका लागि गलौँदीमा दिनभर राजमार्ग बन्द
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ गलौँदीमा भासिएको सडक मर्मतका लागि आइतबार बिहान साढे ८ बजेदेखि दिनभर राजमार्ग बन्द गरेर काम गरिने भएको छ।नागढुंगा-नौबिसे-मुग्लिन सडक आयोजना पूर्वी खण्डका प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार भासिएको सडकमा नयाँ ट्र्याक निर्माण तथा सडक चौडा गर्ने कामलाई तीव्रता दिन सवारी आवागमन रोकेर काम गर्न लागिएको हो।
