राष्ट्र बैंकद्वारा दुई वटा मनिचेञ्जरको लाईसेन्स खारेज
नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेञ्जरको लाईसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले युनियन करेन्सी एक्सचेन्ज प्रालि र केटीएम ओम मनि एक्सचेन्ज प्रालिको लाइसेन्स खारेज गरेको हो। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले यी कम्पनीको लाईसेन्स खारेज गरेको हो।
