SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार साँझदेखि सुरु भएको उपसभापति पदको मतगणना जारी रहेको छ।निर्वाचन समितिका अनुसार खुलातर्फका उम्मेदवार डा. चन्द्र भण्डारीले अग्रता कायम राखेका छन्। उनी ६४३ मत प्राप्त गरी शीर्ष स्थानमा रहेका छन् भने इन्जिनियर मधु आचार्य ३६२ मतका साथ उनलाई पछ्याइरहेका छन् । त्यसैगरी समावेशी उपसभापतितर्फ विनोद कुमार चौधरी ३५७ मतका साथ अगाडि छन्। उनलाई जीवन परियारले ३०० मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।