SHARE
अन्नपूर्ण · आइबार​ २५ असो २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

पूर्वराजाले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका-जमरा नलगाउने

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीको टीका र जमरा सर्वसाधारणलाई नलगाउने भएका छन्। देशका विभिन्न भूभागमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकाले असहज परिस्थितिलाई मध्यनजर गर्दै सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम पनि यस वर्ष स्थागित गरिएको संवाद सचिवालयले जनाएको छ।