आगामी फिफा विश्वकपको लागि इजिप्ट पनि छनौट, स्थान पक्का गर्ने देशको संख्या १९ पुग्यो
इजिप्टले फिफा विश्वकप २०२६ को लागि आफ्नो स्थान पक्का गरेको छ। बुधबार मोरक्कोको कासाब्लान्कास्थित लार्बी जौली स्टेडियममा भएको क्वालिफाइङ राउन्डको खेलमा इजिप्टले डिजिबौटीलाई ३–० ले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थान कायम राखेको हो। यो जितसँगै इजिप्टले आफ्नो चौथो विश्वकप यात्रा निश्चित गरेको छ।
