कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना : चन्द्र भण्डारी र प्रदीप पौडेलले बनाउँदै फराकिलो अग्रता
काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। शनिबार बेलुकी साढे ७ बजेदेखि खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु गरिएको हो। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार उम्मेदवारहरूसँग छलफल गरेपछि उनीहरूकै रोहवरमा मतपेटिका खोलेर गणना सुरु गरिएको हो।
