SHARE
अन्नपूर्ण · शनिबार २४ असो २०८३ १०:०० PM · 1 मिनेट पढाइ

पहिलो टेलून ओपन टेनिसको उपाधि प्रदिप र निहाललाई

काठमाडौं : पहिलो टेलून ओपन टेनिस टुर्नामेन्ट्को पुरुष डबल्सतर्फको उपाधि प्रदिप खड्का र निहालजंग थापाको जोडीले जितेको छ। शनिबार भएको फाइनल प्रतिस्पर्धामा शाश्वत बज्राचार्य र करणबहादुर थापाको जोडीलाई पराजित गर्दै प्रदिप र निहालको जोडी च्याम्पियन बनेको हो। डेली कम्फर्टको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ६५ वर्षमाथिको उमेर समूहको सिङ्गल्सतर्फ कमल थापाले उपाधि जितेका छन् भने ध्रुव गुरुङ उपविजेता बने।