दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता
दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार कम्पनीका अध्यक्ष सतिश न्यौपानेको अध्यक्षतामा शुक्रबार साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/०८३ को बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८२/०८३ को वासलात, र नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरेको छ ।
