बाढीको ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको छ । बाढीबाट विद्युतगृह डुबान हुनुका साथै महत्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट (२० मेगावाट) बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।
