SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

अदृश्य शक्तिको इसारामा कांग्रेसलाई विभाजन गर्न खोजिदैछ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गर्ने कोशिश भइरहेको बताएका छन्।बिहीबार काठमाडौंमा काठमाडौं महानगर अधिवेशन उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर र विभाजित अदृश्य शक्ति सक्रिय रहेको भन्दै उनीहरूको स्वार्थ पूरा हुन नदिने दावी गरे । उनले कांग्रेसको इतिहास,विधान र स्थापित परम्परा विपरीत कसैले पनि कार्य गर्न नहुनेमा जोड दिए।