लगानीकर्ताले सेबोनलाई बुझाए ३२ बुँदे सुझाव, शेयर बेच्दा सूचना दिनुपर्ने नियम सच्याउन आग्रह
विभिन्न ३ वटा शेयर लगानीकर्ता संघले संयुक्त रुपमा नेपाल धितोपत्र बोर्डलाई ३२ बुँदे सुझाव पेश गरेका छन् । नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र शेयर लगानीकर्ता संघ नेपालले आज असोज २२ गते बिहिबार बोर्डलाई सुझाव पेश गरेका हुन् ।
