‘पहिलो टेलुन टेनिस ओपन २०२६’ जारी, २५० बढी खेलाडी प्रतिस्पर्धामा
काठमाडौं : ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा ‘पहिलो टेलुन टेनिस ओपन २०२६’ खेल प्रतियोगिता जारी छ। सोमबारदेखि सुरु भएको सो प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुनेछ। आज पनि बिहानैदेखि खेल जारी रहेको छ।नेपाल टेनिस संघ (एनटीए) को प्राविधिक सहयोगमा श्रीवत्स कम्पनी प्रालिले आयोजना गरेको यस प्रतियोगिताको व्यवस्थापन प्रणव खनाल र निजेज महर्जनको टोलीले गरिरहेको छ।
