आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ
बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ गरिएको छ । मंगलबार साँझसम्म आउटडोर कफी र यताउता एड्भेन्चरको संयुक्त पहलमा बडीमालिका परिसर सरसफाइ गरिएको हो । आउटडोर कफीले जलवायु परिवर्तनबाट पर्यावरणलाई बचाउने उदेश्य राखेर उक्त अभियानमा सहयोग गरेको हो ।
