SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ १०:०० AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान आज, को-को छन् उम्मेदवार ?

काठमाडौं : कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज दिउँसो १ बजेदेखि मतदान हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान १० बजेका लागि तय भएको  मतदानको समय परिवर्तन गरिएको हो।महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली बुधबार साँझ प्रकाशन भएको हो।