मधेशमा कांग्रेसले नयाँ सरकार बनाउँदै, बहुमत जुट्यो
जनकपुरधाम – मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरिएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत मिलेर नयाँ सरकार गठन गर्ने भन्दै दाबी पेश गरेका छन् ।
