SHARE
अन्नपूर्ण · बिहीबार २२ असो २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौं : भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै प्रतिक्रिया नआएपछि बिहान ५: २० बजे मृत घोषणा गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।