‘सांसद पद राज्यका संस्थाहरुलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स होइन’
काठमाडौं : नेकपा (एमाले) संसदीय दलका पूर्व मुख्यसचेतक महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरुलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको बताएका छन्। रास्वपाका संसदहरूले राज्यको जिम्मेवार सुरक्षा संगठनका प्रमुख तथा पदाधिकारीमाथि निरन्तर सार्वजनिक रूपमा लाञ्छना लगाउने, चरित्रहत्या गर्ने र अशिष्ट भाषा प्रयोग गर्ने गरेको प्रति आपत्ति जनाएका हुन्।
