जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
कञ्चनपुर – भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित लक्ष्मी चन्दको पसलमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–२ बस्ने २५ वर्षीय घनश्याम जोशी समेत १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख १५ हजार ६१५ रूपैयाँ र २ बूक ताससहित पक्राउ गरेको हो ।
