सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो, बजारमा उछालको सम्भावना
काठमाडौं – नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको एकल ग्राहक सीमा (२५ करोड रुपैयाँ) हटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको निर्णयसँगै अब “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आफ्नै जोखिम मूल्यांकन प्रणालीका आधारमा जति पनि सेयर धितो कर्जा प्रवाह गर्न सक्नेछन्।
