SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

टेनिस संघको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : नेपाल टेनिस संघको वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । बुधबार गोदावरीस्थित भएको साधारण सभाले महासचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्म पारित गरेको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्। साधारण सभाले २०८३/८४ का लागि लेखा परिक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । साधारण सभामा केन्द्रका २१ तथा प्रदेशबाट १५ प्रतिनिधिको उपस्थिति रहेको संघले जनाएको छ ।