SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो, १७० खेलाडी भिड्दै

विराटनगर : राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गर्ने लक्ष्यसहित विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजनामा असोज २५ र २६ गते विराटनगरस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। आयोजकले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा सातवटै प्रदेशसँगै तीन विभागीय टोलीका खेलाडीले सहभागिता जनाउने जानकारी दिएको छ।