SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट

काठमाडौं : सामसङले नेपालमा आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजको एण्ट्री-लेभललाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए०८ एलटीई फोन नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।  कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन बनाइएको हो।