SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

राष्ट्रपतिसमक्ष विभिन्न तीन अध्यादेश सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोधलाई हटाउन कानुन संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस गरेको छ।सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोध हटाउने निर्णय गरेको हो।