SHARE
अन्नपूर्ण · बुधबार २१ असो २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशामा लगे : आङ्देम्बे

काठमाडौं : नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशातर्फ डोर्‍याउन खोजेको आरोप लगाएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले देशको राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन्।उनले बहुमतको नाममा अल्गोरिदमबाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजाने प्रयास गरिरहेको बताए।