मन्त्री घिसिङ र युएनडिपीका प्रतिनिधिबीच शिष्टाचार भेटवार्ता
सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटमा युएनडिपीले निर्वाचनका लागि उपलब्ध गराउनसक्ने सहयोग, हाल ऊर्जा, जलवायु परिवर्तनलगायत क्षेत्रमा उपलब्ध गराइरहेको सहायता एवं सञ्चालित योजना कार्यान्वयन अवस्थाबारेमा छलफल भएको थियो ।
