सर्वोच्चका न्यायाधीश सिफारिसमा विवाद, न्यायपरिषद् सदस्यदेखि बारसम्मको गम्भीर आपत्ति र असहमति
काठमाण्डु- सर्वोच्च अदालतको रिक्त चार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले गरेको सिफारिस विवादमा परेको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले चार जनाको नाम सिफारिस गरेलगत्तै परिषद् सदस्यदेखि नेपाल बार एसोसिएसनसम्मले गम्भीर आपत्तिर र विरोधसहित प्रश्न उठाएका छन्।
