SHARE
लोक पथ · बुधबार २२ असो २०८२ ०८:१६ AM · 1 मिनेट पढाइ

हामी संसद पुनःस्थापनाको माग राखेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौँ : महेश बस्नेत

 काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने तयारी गरिरहेको बताएका छन् । बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले संसद् पुनर्स्थापनाको माग पार्टीले आधिकारिक रूपमा अघि बढाउने वा कानुन व्यवसायीमार्फत अघि बढाउने भन्ने विषयमा अन्तिम छलफल भइरहेको जानकारी दिए ।