SHARE
लोक पथ · बुधबार २२ असो २०८२ ०८:४६ AM · 1 मिनेट पढाइ

कोशी प्रदेश सरकारले बाढी पहिरोपीडितको घर पुनर्निर्माण गरिदिने

काठमाडौं । कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी र पहिरोले भत्किएका वा बगाएका सबै घरहरू पुनर्निर्माण गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर निर्माण कार्य तत्काल सुरु गर्ने निर्णय गरेको हो ।