एमालेले पनि फिर्ता लियो मधेस प्रदेशका मुख्यमन्त्री सिंहलाई दिएको समर्थन
काठमाडौं । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिँदै एमालेले अब जनमत पार्टीसँगको सहकार्य सम्भव नरहेको जनाएको हो । सिंह सिके राउत नेतृत्वको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए ।
