SHARE
लोक पथ · बुधबार २२ असो २०८२ ०९:०० AM · 1 मिनेट पढाइ

पोखराको लिची बगान जग्गा घोटाला प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा मुछिएका दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूसँग ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।