अग्नि सापकोटाले फिर्ता गरे सरकारी गाडी
काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन् । सरकारले पूर्व पदाधिकारीहरूलाई दिएको सवारी साधन फिर्ता गर्ने निर्णय गरेसँगै सापकोटाले गाडी फिर्ता गरेका हुन् । दसैँलगत्तै कार्यालय खुलेको पहिलो दिन मंगलबार सापकोटाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेका हुन् ।
