लक्ष्मी सनराइज बैंकद्वारा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३ करोड २४ लाख सहयोग
काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विपद्ले धेरै परिवारका घर, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारमा समेत गम्भीर असर पुर्याएको बैंकले जनाएको छ।