हतकडी लिएर पक्राउ गर्न आउन सरकारलाई थापाको चुनौती
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्न आउने हो भने हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्। केन्द्रीय समिति बैठकमा मंगलबार बोल्दै थापाले सरकारमाथि प्रश्न गरेकै आधारमा पक्राउ गर्ने वा तर्साउने प्रयास स्वीकार्य नहुने बताए। ‘साथीहरूले पक्राउ गर्ला भन्नुहुन्छ, मैले ती साथीहरूलाई भनेको छु- खाली हात चाहिँ नआउनू, हतकडी लिएर आउनू। खाली हात चाहिँ जान्नँ, यत्ति कुरा हो,’ सभापति थापाले भने। थापाले कांग्रेस कुनै पनि अनुसन्धानको विपक्षमा नरहेको उनले स्पष्ट पारे।