आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा आजलाई पेसी
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिटमा आजलाई पेसी तोकिएको छ । उनको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सर्वोच्चमा रिट दायर गरेको थियो । नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामा प्रश्न उठाउँदै अभियानले रिट दर्ता गरेको थियोे । “अभियानले पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुका साथै पटक–पटक खबरदारी गर्दै आएको थियो,” अभियन्ता अजय सोडारीले भने, “नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छौँ ।