SHARE
कालिका खबर · मङगलबार ९ मंिर २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

बाँकेको चिसापानी मेलामा रातभर तनाव, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर

काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा आयोजित मेलामा दुई समूहबीच विवाद चर्किएपछि प्रहरीले गोली चलाएर स्थिति नियन्त्रणमा लिएको छ । झडप रोक्न प्रहरीले आठ राउण्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार सोमबार बिहान करिब ३ः४५ बजे इन्सास राइफलबाट हवाई फायर गरिएको थियो । मेलामा रातिको समयमा आगो तापेर बसिरहेका दुई समूहका युवाबीच विवाद सुरु भएपछि त्यसले उग्र रूप लिएको थियो । दुवै पक्षबीच ढुंगामुढा हुनुका साथै आगोको अगुल्टो प्रयोग गरेरसमेत आक्रमण भएको प्रहरीले जनाएको छ ।