SHARE
कालिका खबर · बुधबार १० मंिर २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

भिसा लिडरसिप कन्क्लेभमा कुमारी बैंक लगातार तेस्रो वर्ष दुई विधामा सम्मानित

काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा कुमारी बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । बैंकले सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ‘Excellence in Cross-Border Business’ र ‘Excellence in Consumer Credit Cards Business Principal Client’ विधामा सम्मान प्राप्त गरेको हो । कुमारी बैंकले लगातार तीन वर्षदेखि यी दुवै विधामा सम्मान प्राप्त गर्दै आएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, सीमापार कारोबार प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामा बैंकले हासिल गरेको व्यावसायिक सफलतालाई प्रतिबिम्बित गरेको बैंकको भनाइ छ ।