SHARE
कालिका खबर · बुधबार १० मंिर २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

कास्की : पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको पाइएको छ । दुई महिनामा दुबई–पोखरा–दुबई उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिनुले यो विमानस्थलप्रति यात्रीको आकर्षण बढेको ठानिएको हो । फ्लाइ दुबईले गत असोज ७ देखि मङ्सिर ७ गतेसम्म गरेको (दुई तर्फी१२२ उडान) दुबई–पोखरा–दुबई उडानमा दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या आठ हजार ११५ र यहाँबाट पाँच हजार ३५९ दुबई गएका पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।