SHARE
कालिका खबर · बुधबार १० मंिर २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्रीमा झर्‍यो, जुम्लामा माइनस ८

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ। पछिल्लो एक सातादेखि निरन्तर घटिरहेको न्यूनतम तापक्रम बुधबार ७ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ७.९ डिग्री थियो। मंसिर २ गते ९.५ डिग्री रहेको तापक्रम एक साताको अवधिमा २.५ डिग्रीले घटेको हो। देशका अन्य स्थानमा पनि चिसो बढिरहेको छ। महाशाखाको तथ्यांकअनुसार बुधबार जुम्लाको न्यूनतम तापक्रम माइनस ८ डिग्री सेल्सियस मापन गरिएको छ। महाशाखाले दैनिक बिहान ८ः४५ बजे न्यूनतम र साँझ ५ः४५ बजे अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रमले राति र बिहानको चिसो अवस्थालाई जनाउँछ।