SHARE
कालिका खबर · बुधबार १० मंिर २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

जापान पठाइदिने भन्दै साढे २ करोड ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका–९ बस्ने ३३ वर्षीय कृष्ण हरि दाहाल छन् । उनले २ करोड ४५ लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । प्रहरीले उनलाई पक्रेर मंगलबार वैदेशिक रोजगार विभागमा पठाएको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाएर जापान पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्क्याएर दाहाल सम्पर्कविहीन भएको आरोप छ ।