निर्जीवन बीमा व्यवसायी संघद्वारा बाढीपीडितका लागि ३ करोड ४७ लाख सहयोग
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघ र संघमा आवद्ध निर्जीवन बीमा कम्पनीहरूले भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो । गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति संघले दुःख व्यक्त गर्दै राहतका लागि रकम हस्तान्तरण गरेको हो ।