SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०४:१८ PM · 1 मिनेट पढाइ

कांग्रेसको नीति प्रतिष्ठानमा थप छ उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न थप छ उपसमिति गठन गरी संयोजक तोकेको छ । कांग्रेसका उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले आज सो निर्णय गरेको हो ।