SHARE
मकालु खबर · बिहीबार ११ मंिर २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना, तीन जिल्ला कार्यक्षेत्र रहने

अछाम । अछामको साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय, धनगढी मातहत रहनेगरी आज सो कार्यालय स्थापना भएको हो । कार्यालयको डोटी, अछाम र बाजुरा कार्यक्षेत्र रहनेछ ।