SHARE
मकालु खबर · बिहीबार ११ मंिर २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

ल फर्ममा प्रहरी प्रवेश गरी सेवाग्राही पक्राउ गरेको घटनाप्रति नेपाल बारको आपत्ति

काठमाडौँ । नेपाल बार एसोसिएसनले कानुनी परामर्श लिइरहेका सेवाग्राहीलाई कानुन व्यवसायीको कार्यालयबाटै नियन्त्रणमा लिएको तथा कानुन व्यवसायीमाथि अमर्यादित व्यवहार गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । गत बुधबार काठमाडौँ महानगरपालिका–२९ स्थित जन चेतना ल फर्ममा कानुनी परामर्श लिइरहेकी घरजग्गा कारोबारी हस्तमाया बस्नेतलाई प्रहरीले धरपकड गर्दै पक्राउ गरेको घटनाप्रति बारले ध्यानाकर्षण भएको जनाएको हो ।