SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

कैलारी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सेवा सुरु

काठमाडौं । कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पतालबाट आजदेखि सेवा सुरु भएको छ । आज एक कार्यक्रमकाबीच अस्पताल सेवाको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने बताए ।